• सोमवार, श्रावण ११ गते २०८३

ओलीको कदम बिरुद्ध सभामुख एक्सनमा, सातो गयो प्रधानमन्त्रीको

ओलीको कदम बिरुद्ध सभामुख एक्सनमा, सातो गयो प्रधानमन्त्रीको

ओलीको कदम बिरुद्ध सभामुख एक्सनमा, सातो गयो प्रधानमन्त्रीको

  • 5.4K
    SHARES

  • ओलीको कदम बिरुद्ध सभामुख एक्सनमा,  सातो गयो प्रधानमन्त्रीको

    काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा आवाश्यक परे कठोर निर्णय लिने घोषणा गरिसकेका छन्। त्यसकारण पनि उनले विभिन्न टोलीसँग परामर्श जारी राखेका छन् ।

    ‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ,’ उनले भने।

    विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग परामर्श गरिसकेका छन् । उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न थालेका थालेका छन् ।  

    संविधानविदहरूसँग छलफलका क्रममा उनले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने बताए। उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताए।

    ‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ,’ उनले भने, ‘आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’

    उनले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताएका थिए। संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताए।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology