काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिकको जीवन रक्षाको लागी चाइनाबाट निकै महङ्गोमा अक्सिजन सिलिण्डर ल्याएको वताएको छन् । उनले नागरिककै जीवन रक्षाका लागि रु ३००-४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको वताएको हुन्।
३०० / ४०० पर्ने अक्सिजनलाई ५० हजार पर्नु निकै महँगो हो। यसबाट चाइनाले महामारी मौकाको फाइदा उठाउदै नेपाललाई ठगी गरेको जस्तो हुन् आउछ। यस किसिमको अभिव्यक्ति प्रधानमन्त्रिबाट आउनुले चीनको लज्जासपद बदनाम हुने देखिन्छ।
राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”