• सोमवार, श्रावण ११ गते २०८३

संविधानविद्को ठहर - प्रधानमन्त्री र  राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भयो , अब यस्तो कारावाही गर्नुपर्छ

संविधानविद्को ठहर - प्रधानमन्त्री र  राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भयो , अब यस्तो कारावाही गर्नुपर्छ

संविधानविद्को ठहर - प्रधानमन्त्री र  राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भयो , अब यस्तो कारावाही गर्नुपर्छ

  • 8.1K
    SHARES

  • संविधानविद्को ठहर - प्रधानमन्त्री र  राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भयो , अब यस्तो कारावाही गर्नुपर्छ

    काठमाडौँ । संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा ठूलो अपराध गरेको आरोप लगाएका छन् । 

    बिहिबार सभामुखसँगको छलफलमा आचार्यले प्रधानमन्त्री र  राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भयो अरोप लगाएका हुन् । 'मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,' उनले भने, 'प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने रु शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर  नियतमाथि खोट थियो ।'

    रिक्त हुँदै नभएको पदका लागि दाबी गर्न सुहाउँछ भन्दै उनले प्रश्न पनि गरे । उनले प्रतिपक्ष र संसद् पनि निकम्मा भएको बताए । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर पुन प्रधानमन्त्री दाबी गरेपछि संविधानविद् आचार्यले खुलेर विरोध गरिरहेका छन् । 

    सामाजिकपत्र

    • बिहिवार, जेठ १३ २०७८०८:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology