• सोमवार, श्रावण ११ गते २०८३

गगन थापाको ओलीलाई दनक - सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ

गगन थापाको ओलीलाई दनक - सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ

गगन थापाको ओलीलाई दनक - सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ

  • 3.6K
    SHARES

  • गगन थापाको  ओलीलाई दनक - सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ

    काठमाण्डौ - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको वताएका छन्। सामाजिक संजाल फेशबुकमा लामो स्टाटस राख्दै उनले यस्तो भनेका हुन्।

    यस्तो छ उनको स्टाटस 

    संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने' कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। यो 'नीतिगत भ्रष्टाचार हो'।

    आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।

    अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गरेका छन्।

     

    सामाजिकपत्र

    • बुधवार, जेठ १९ २०७८१०:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology