• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने समानान्तर भ्रातृ संगठनको ठहर, यस्तो भयो निर्णय

केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने समानान्तर भ्रातृ संगठनको ठहर, यस्तो भयो निर्णय

केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने समानान्तर भ्रातृ संगठनको ठहर, यस्तो भयो निर्णय

  • 4.9K
    SHARES

  • केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने समानान्तर भ्रातृ संगठनको ठहर, यस्तो भयो निर्णय

    काठमाडौं - एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन आग्रह गरेका छन् ।

    एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने बताएका छन् ।

    माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव समेत माधव नेपाललाई दिएका छन् ।

    बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले भने, ‘एकता र वार्ताका नाममा अलमलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’

    माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक भएको बताएका छन । उनले पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिए । किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताए । बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि केपी ओलीले अल्मल्याउने सम्भावना रहेको बताए ।

    सामाजिकपत्र

    • बुधवार, जेठ १९ २०७८०८:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology