काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरे ।
यस्तो भएमा केपि ओलि र माधव कुमार नेपाल दुवै जना अध्यक्ष बन्न पाउदैनन् र नेतृत्व अर्को पुस्तामा जान्छ । यो पार्टी जोगाउने मध्यमार्गी बाटोसमेत हो ।
ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने बताउदै उनले भने । ‘केपी ओपी कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ ।
एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताए । ‘पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उनले भने ।