• बिहिवार, कार्तिक २० गते २०८३

जनताको बिल्लीबाठ बनाउन लागेको भन्दै मूख्य मन्त्रीले केपी ओलीको सातो लिए

जनताको बिल्लीबाठ बनाउन लागेको भन्दै मूख्य मन्त्रीले केपी ओलीको सातो लिए

जनताको बिल्लीबाठ बनाउन लागेको भन्दै मूख्य मन्त्रीले केपी ओलीको सातो लिए

  • 5.3K
    SHARES

  • जनताको बिल्लीबाठ बनाउन लागेको भन्दै मूख्य मन्त्रीले केपी ओलीको सातो लिए

    जनकपुर -  प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले  प्रेस विज्ञप्ति निकाल्दै चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने बजेटमा समेटिएको प्रावधान हटाउनुपर्ने माग गरेका छन् । त्यो निर्णय फिर्ता नलिए प्रदेश सरकारले ‘आवश्यक निर्णय’ लिने चेतावनी दिएका छन् । 

    प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित रहेको मुख्यमन्त्री राउतको भनाइ छ । राउतले संघीय सरकारको अदुरदर्शी निर्णयले प्रदेश २ बाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डर प्रदेश २ को सबै भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको बताए ।

    ‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणका साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतले विज्ञप्तिमा भनेका छन,‘तसर्थ, नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह छ । यस्तो कार्य तत्काल नरोकिए तराई–मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

    lalbabu raut bigepti.jpg

     

    सामाजिकपत्र

    • बिहिवार, जेठ २० २०७८०८:३१:२२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology