काठमाडौँ - राजनीतिक विश्लेषक सुरेन्द्र केसीले मधेसी दल सत्तामा जाने मौकाको पर्खाइमा रहने र मौका पाउनेवित्तिकै सत्तारोहण गर्न नछाड्ने गरेको विश्लेषण गरेका छन् । देशको राजनीतिक अवस्था कमजोर हुँदा मधेस केन्द्रीत दल सत्तामा जाने गरेको उनको टिप्पणी छ ।
‘सबैभन्दा बढी सत्ताको भोको मधेसी दल नै हुने गरेको आरोप लाग्ने गर्दछ’ उनी भन्छन्, ‘हुन त सत्ताको भोको सबै हुन्छन् । तर यो बेला मधेसी दलले सत्ताको भोका नभएको पुष्टि गर्न सक्थे । माग पूरा गर्नेलाई धन्यवाद दिएर सरकारमा नजान सकिन्थ्यो । तर त्यसो भएन ।’
राजेन्द्र महतोसहित मधेश केन्द्रित दल सत्तामा जाँदा देशमा कुनै न कुनै राजनीतिक हलचल भइरहेको देखिन्छ । महतोकै सत्तारोहणलाई मात्रै केलाउँदा उनी देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको समयमा सरकारमा सहभागी भएका छन् ।
‘राजनीतिक अवस्था कमजोर भएको अवस्थामा बढीभन्दा बढी सांसदको आवश्यक पर्छ । त्यसपछि सत्ता नेतृत्वले त्यसको आधार खोज्छ’ उनी भन्छन्, ‘त्यो आधार खोज्ने बेलामा मधेस केन्द्रीत दलहरु सरकारमा गइहाल्छन् । सबै मधेसी नेताको हाल यस्तै छ ।’
यो पनि पढ्नुहोस -
राजेन्द्र महतो सहित जसपाका ९ जना सरकारमा सहभागी हुने, कसले कुन मन्त्रालय पाउने ?