११ भदौ २०६८ मा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि तत्कालिन मधेसी मोर्चाबाट राजेन्द्र महतो र शरदसिंह भण्डारी मन्त्री बनेका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट नेता भण्डारी रक्षामन्त्री बनेका थिए ।
त्यसबेला तराई मधेशका युवको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिन सक्ने अभिव्यक्ति दिएका थिए ।उनको अभिव्यक्तिलाई दिएर दलहरुले संविधानसभा बैठक अवरुद्ध अवरुद्ध गरेपछि फोरम लोकतान्त्रिकसँग सहमति लिएर तत्कालीन प्रधानमन्त्री भट्टराईले २ कात्तिक २०६८ मा पदमु्क्त गरेका थिए ।
शरदसिंह भण्डारी तराई/मधेशको नाममा राजनीति गर्न शुरु गरेपछि तीन पटक मन्त्री बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन फोरम नेपालबाट संस्कृति, पर्यटन ततथा नागरिक उड्डयनमन्त्री बनेका उनी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए ।
तर मधेस राजनीतिमा आउनु अघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।