काठमाडौँ - नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।
पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।