• बिहिवार, कार्तिक २० गते २०८३

सुदुर पश्चिममा ओली समूहलाई यसरि पेल्दै भिम रावल, हायल कायल भयो बालुवाटार

सुदुर पश्चिममा ओली समूहलाई यसरि पेल्दै भिम रावल, हायल कायल भयो बालुवाटार

सुदुर पश्चिममा ओली समूहलाई यसरि पेल्दै भिम रावल, हायल कायल भयो बालुवाटार

  • 4.3K
    SHARES

  • सुदुर पश्चिममा ओली समूहलाई यसरि पेल्दै भिम रावल, हायल कायल भयो बालुवाटार

    सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई विश्वासको मत नदिने सात जना एमाले सांसदलाई स्पष्टीकरण साेधिएकाे छ। मंगलबार मुख्यमन्त्री भट्टलाई समर्थन गर्न जारी ह्वीप उल्लंघन गरेकाे भन्दै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले बुधबार बेलुका ५ बजेभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन गरेका हुन्।

    मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने ओली पक्षका एमाले सांसद पठानसिंह बाेहरा, नेपालु चाैधरी, रतन थापा, लिलाधर भट्ट, गेल्वुसिंह बाेहरा, माया तामाङ बाेहरा र बलदेव रेग्मीलाई स्पष्टीकरण साेधिएकाे हाे। मंगलबार बिहान बसेकाे एमाले प्रदेश संसदीय दलकाे बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो।

    मुख्यमन्त्री भट्टलाई एमाले माधव नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए। माओवादी केन्द्रका १३ सहित भट्टले ३० मत प्राप्त गरेर विश्वासकाे मत लिएका थिए। बहुमतका लागि उनलाई २७ मत मात्रै आवश्यक थियाे।

    कांग्रेसले सरकार ढल्न लागे पक्षमा भाेट हाल्ने, नभए तटस्थ बस्ने निर्णय गरेअनुसार उसका १२ जना सांसदले पक्ष/ विपक्ष केहीमा पनि भाेट दिएनन्।

    जनता समाजवादी पार्टीका दुबै जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए।

    सामाजिकपत्र

    • मंगलवार, जेठ २५ २०७८०८:०६:४९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology