• बिहिवार, कार्तिक २० गते २०८३

भिम रावलले एक एक गरि खोले केपी ओलीका राष्ट्रघाती कदम, पानी मुनि गए पनि नछोड्ने

भिम रावलले एक एक गरि खोले केपी ओलीका राष्ट्रघाती कदम, पानी मुनि गए पनि नछोड्ने

भिम रावलले एक एक गरि खोले केपी ओलीका राष्ट्रघाती कदम, पानी मुनि गए पनि नछोड्ने

  • 5.9K
    SHARES

  • भिम रावलले एक एक गरि खोले केपी ओलीका राष्ट्रघाती कदम, पानी मुनि गए पनि नछोड्ने

    काठमाडौं - नेकपा (एमाले) का नेता भीम रावलले जनताबाट निर्वाचित प्रतिनिधि सभालाई विघटन गरेर संबिधानलाई कुल्चने केपी ओलीको कदमलाई अपराधको सज्ञा दिएका छन्। मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    केपी ओलीजीले अनुशासनहिन काम गरेको भन्दै उनले पार्टीलाई क्षत विक्षत बनाएको वताए। केपी ओलीले एक पछि अर्को गर्दै संबिधान मिच्दै अगाडी बढेकाले बाध्य भएर देश बचाउन ओली विरुद्ध लागेको बताए। उनले अध्यक्ष ओलीले अघि सारेको ६ बुँदे एकताको प्रस्तावलाई एकताको लागि नभएको पनि टिप्पणी गरे ।

    उनले अध्यक्ष ओलीले गरेका विखण्डनकारी गतिविधि रोक्नको लागि आफूहरुले प्रयत्न गरेको र यो प्रयत्न अहिलेपनि जारी रहेको बताए । देशलाई राजनीतिक सङ्कटतर्फ धकल्ने ओलीको गतिविधिले उनि राष्ट्रघाती भएको वताए। 

    उनले भने, तर, के भईदियो भने, केपी ओलीले कसम खाएजस्तो छ-“नेपालको वामपन्थी आन्दोलनलाई कमजोर पार्ने, हाम्रो राष्टियतालाई कमजोर पार्ने, नेपालको संविधानलाई कुल्चिने, राष्टलाई अस्तव्यस्त बनाउने, उहाँको जुन गतिविधि छन्, त्यो अहिलेको ६ बुँदे प्रस्ताव हेर्नुभयो भने पनि उहाँले एकताकोलागि होईन, पार्टीलाई मिल्न नदिने, फुट, विभाजनको लागि ल्याएको हो ।”

     

    सामाजिकपत्र

    • बुधवार, जेठ २६ २०७८०६:४०:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology