काठमाण्डौ - एमालेका नेता महेश वस्नेतले मन्त्री बन्न नपाएपछि सामाजिक संजालमा आफ्नो लागि पद ठूलो नभएको वताएका छन्।
यस्तो छ उनको फेसबुकमा स्टाटस
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु।
पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्।
मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो।मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन ।
मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि! कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्।
तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ्।