• सोमवार, श्रावण ११ गते २०८३

यसरि छताछुल्ल भयो योगेश भट्टराईको दोहोरो चरित्र

यसरि छताछुल्ल भयो योगेश भट्टराईको दोहोरो चरित्र

यसरि छताछुल्ल भयो योगेश भट्टराईको दोहोरो चरित्र

  • 9.6K
    SHARES

  • यसरि छताछुल्ल भयो योगेश भट्टराईको दोहोरो चरित्र

    काठमाण्डौ - पछिल्लो समय नेकपा एमालेलाई मिलाउने अभियानमा लागेका नेकपा एमालेका नेता योगेश भट्टराईको गुट छताछुल्ल भएको छ।  माधब नेपाल समूह छाडेर संस्थापन समूहमा लागेको आरोप लागिरहने योगेशको कित्ता काट अब भने छर्लंगै भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्‍मा सिन्धुलीबाट दुई पटक निर्वाचित गणेश पहाडी मन्त्रीमण्डलमा सहभागी भएसँगै केपी ओलीसँग योगेशको सम्बन्ध छरपष्ट भएको हो।  ओलीले पहाडिलाई सामान्य प्रशासन मन्त्री बनाएका हुन्।  पहाडी योगेश भट्टराईको विश्वास पात्र मानिन्छन। 

    पछिल्लो समय योगेश नेकपा एमालेलाई मिलाउने अभियानमा छन्। पहाडी नेकपा खारेज भएयता माधवकुमार नेपाल समूहमा सक्रिय थिए। तर पछिल्लो समय उनी ओली समूहतिर ढल्किएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिँदा संसदमा अनुपस्थित उनले त्यसपछि नेपाल समूहलाई छाडेका थिए। 

    योगेश आफैँ पनि एमाले विभाजित भएको अवस्थामा संस्थापनमै रहने पक्षमा छन्। उनले एमाले विभाजनलाई रोक्न पछिल्लो समय निरन्तर संवाद गरिरहेका छन्। 

    यसपटक मन्त्रिमण्डल गठन गर्दा ओली पक्षमा खुलेमा भट्टराईले पनि मन्त्री पद पाउने निश्चित थियो। भट्टराई यही साता नेकपा एमाले एकता आह्वानका लागि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावको पनि खुलेर स्वागत गरेका थिए।

    योगेशले संवाद गरिरहँदा जेठ ७ मा माधवकुमार नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। उनीसँगै पहाडीले पनि हस्ताक्षर नगरेर नेपाल समूह छाडेको संकेत गरेका थिए। 

    नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीसहितका नेताहरुसँग बाक्लो सम्वाद गरिरहँदा उनी पनि सक्रिय थिए। ओली र माधवकुमार नेपालबीच संवाद टुटेको अवस्थामा गत वैशाख २२ गते योगेश र एमाले महासचिव ईश्वर पोखरेलबीच सिंहदरबारमा वार्ता भएको थियो। त्यस वार्तामा पहाडी पनि सहभागी भएका थिए। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology