पोखरा - कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएसँगै विपक्षि गठबन्धनहरु सरकारमा सहभागी हुने भएका छन्। गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएकाे थियो। मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जाने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।