• बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्ड बाबुराम सहित नेताहरुको भारतलाई खुल्ला च्यालेन्ज, ओलीलाई झड्का

प्रचण्ड बाबुराम सहित नेताहरुको भारतलाई खुल्ला च्यालेन्ज, ओलीलाई झड्का

प्रचण्ड बाबुराम सहित नेताहरुको भारतलाई खुल्ला च्यालेन्ज, ओलीलाई झड्का

  • 5.1K
    SHARES

  • प्रचण्ड बाबुराम सहित नेताहरुको भारतलाई खुल्ला च्यालेन्ज, ओलीलाई झड्का

    काठमाडौं - पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्रि ओलीले आफ्नो सत्ता टिकाउन भारतसँग लम्पसार पर्ने किसिमको निर्णयहरु गरिरहदा पूर्व प्रधानमन्त्रीको यो किसिमको  वक्तव्य आउनुलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा निकै चासोका साथ हेरिएको छ। 

    पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिरता र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला कामचलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीव्र विरोध गर्दै त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’

    पूर्वप्रधानमन्त्रीहरुले सर्वसाधारणलाई यथाशीघ्र खोप उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । अहिलेको सरकारले जनताको हित अनुसार काम नगरेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग हार्दिक अपील गर्दछौं ।’

    5-Ex-PM-Statement.jpg

     

    सामाजिकपत्र

    • शनिवार, जेठ २९ २०७८०९:४६:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology