• बिहिवार, कार्तिक २० गते २०८३

माधब नेपालले दर्ता गरे नयाँ दल, आफू अध्यक्ष बनेनन् , कसको पद कुन ? चुनाब चिन्ह के ?

माधब नेपालले दर्ता गरे नयाँ दल, आफू अध्यक्ष बनेनन् , कसको पद कुन ? चुनाब चिन्ह के ?

माधब नेपालले दर्ता गरे नयाँ दल, आफू अध्यक्ष बनेनन् , कसको पद कुन ? चुनाब चिन्ह के ?

  • 8.1K
    SHARES

  • माधब नेपालले दर्ता गरे नयाँ दल, आफू अध्यक्ष बनेनन् , कसको पद कुन ? चुनाब चिन्ह के ?

    काठमाडौँ-  निर्वाचन आयोगमा नेकपा एमालेका माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गरेको छ । उक्त समूह निकट जीवन राईले नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गरेका हुन् । उक्त दललाई निर्वाचन आयोगले दुई दिनअघि मान्यता दिएको छ।

    पार्टीको अध्यक्ष भने अहिलेलाई माधबकुमार नेपाल छैनन्। 

    जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।

    सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ ९ २०७८०८:११:२२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology