• सोमवार, श्रावण ११ गते २०८३

रोटरी क्लब अफ ज्ञानेश्वर गठन

रोटरी क्लब अफ ज्ञानेश्वर गठन

रोटरी क्लब अफ ज्ञानेश्वर गठन

  • 6.4K
    SHARES

  • रोटरी क्लब अफ ज्ञानेश्वर गठन

    काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ ज्ञानेश्वर गठन भएको छ । काठमाडौंको होटल सोल्टीमा एक कार्यक्रमका बीच रोटरी क्लब अफ ज्ञानेश्वरले विधिवत रुपमा चार्टर प्रिजेन्टेन गरेको छ ।

    रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर सन्तोष प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट रश्मिला श्रेष्ठलाई स्पोन्सर क्लब रोटरी क्लब अफ त्रिपुरेश्वरका चार्टर प्रेसिडेन्ट सन्तोष शर्माले ग्यावल र गङ प्रदान गरेका थिए भने रोटरी क्लब अफ ज्ञानेश्वरकी एसिस्टेन्ट गभर्नर लक्ष्मी खनालले सपथ ग्रहण गराएकी थिईन् ।

    नव गठित क्लबकी अध्यक्ष श्रेष्ठले आफु सानैदेखि समाजसेवामा रुचि राख्ने भएकाले रोटरीमा पनि क्रियाशील भई काम गरेको बताईन, साथै रोटरीको नारालाई अघि बढाउन आफु सदैव अघि रहने प्रतिवद्धता पनि व्यक्त गरिन् । आफुभन्दामाथी सेवा भन्ने नारासहित विश्वभर छरिएर रहेको रोटरीले पोलियो रोगलाई विश्वबाट उन्मुलन गर्ने अभियानको नेतृत्व गरिरहेको छ ।

    rot-2.jpg

    सामाजिकपत्र

    • बुधवार, कार्तिक २४ २०७८११:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology