• बिहिवार, कार्तिक २० गते २०८३

काँग्रेस कार्यकर्ताले लखेटेपछी माओवादी केन्द्र प्रवेश गर्दै अमरेश सिंह

काँग्रेस कार्यकर्ताले लखेटेपछी माओवादी केन्द्र प्रवेश गर्दै अमरेश सिंह

काँग्रेस कार्यकर्ताले लखेटेपछी माओवादी केन्द्र प्रवेश गर्दै अमरेश सिंह

  • 15.6K
    SHARES

  • काँग्रेस कार्यकर्ताले लखेटेपछी माओवादी केन्द्र प्रवेश गर्दै अमरेश सिंह

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । कांग्रेसमा क्रियाशील सदस्यतादेखि महाधिवेशन प्रतिनिधि चयनसम्म धाधली गर्न खोज्दा पनि असफल रहेका नेता सिंह कांग्रेसमा आफ्नो पकड गुमेपछि बहिर्गमनको विकल्पमा अग्रसर भएका हुन् ।

    सिंह निकट नेताहरुकाअनुसार कांग्रेसमा आफूले भनेजस्तो नभएपछि अमरेश पार्टी छोड्ने निष्कर्षमा पुगेका छन् । सर्लाहीमा जिल्ला सभापति नागेन्द्रराय यादव, सर्लाही कांग्रेसबाट प्रदेश २ का खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहको टिमले पार्टी अगाडि बढाइरहेका छन् । अमरेश भने रामचन्द्र पौडेल गुट समातेर हरेक ठाउँमा पार्टीमा अवरोध गर्ने बाधक बनिरहेका छन् । उनको सत्तास्वार्थको व्यवहारले आजित बहुमत नेता कार्यकर्ता जिल्ला सभापतिको पक्षमा छन् । \

    जिल्लामा आफ्नो प्रभाव राख्न अमरेशले प्रयास नगरेका होइनन् । क्रियाशील सदस्यमा असहमति जनाउँदै सांसदबाट राजीनामाको नाटक गरे । त्यसपछि आफू निकटलाई केन्द्रीय कार्यालय सानेपामा धर्ना बस्न लगाए । आफू ऐक्यबद्धता जनाउन गए ।

    आफ्नो वर्चश्वमा बाधक बनिरहेका मन्त्री वीरेन्द्रप्रसाद सिंहमाथि सानेपामा हातपात गर्न प्रयास गरे । यति गर्दा पनि उनी सफल भएनन् । जिल्लामा पार्टी आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ । अहिले कांग्रेसको महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भइरहेका छन् । तर सर्लाहीमा अमरेशकै कारण हुन सकेको छैन ।

    आफू कमजोर हुने र वर्चश्व गुम्ने डरले अधिवेशन हुन नदिएर पार्टीमा पावर बार्गेनिङ गर्ने अन्तिम प्रयासमा अमरेश लागेका छन् । यसका लागि उनले अधिवेशन नै भाडेका छन् । जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेयमाथि कुटपिट गरेर फिर्ता पठाएका छन् ।

    यसअघि तोकिएका निर्वाचन अधिकृत विनोद कार्की पनि अमरेशको धम्कीपछि राजीनामा दिएर फर्केका थिए । अधिवेशनमा बाझो हालेर पार्टीका बार्गेनिङ गरी आफ्नो वर्चश्व जोगाउने अमरेशको रणनीति रहेको जानकार बताउँछन् । तर यसबाट पार लाग्नेमा उनी आफै विश्वस्त छैनन् । त्यसैले उनले माओवादी केन्द्रसँग वार्ता सम्वाद सघन बनाएका छन् ।

    माओवादी केन्द्रमा आफूले पाउने पोजिसनबारे उनले छलफल गरिरहेका छन् । सर्लाही कांग्रेसमा आफ्नो शक्ति क्षयीकरण भएको, जिल्लामा प्रभाव राख्ने दिग्गज सुरेन्द्र सिंह, वीरेन्द्र सिंहजस्ता नेताले साथ छोडेकाले अब कांग्रेसलाई आफूलाई सजिलो नभएको अमरेशको निष्कर्ष छ । त्यसैले यसअघि आफ्ना कट्टर विरोधी माओवादी नेता शिवपुजन यादवसँग अमरेशको भेटवार्ता बाक्लिएको छ ।

    शिवपुजन यादवसँग मिलेर अमरेश माओवादीमा प्रवेश गर्ने तयारी गरेको सर्लाही कांग्रेस पौडेल समूहका एक प्रभावशाली नेताले बताए । यसभन्दा अघि १४औं महाधिवेशनमा अमरेशले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने र त्यसमा असफल अर्थात हारेमा पार्टी छोडेर माओवादीमा प्रवेश गर्ने रोडम्यापमा अमरेश अघि बढेको उनको दाबी छ ।

    यसका लागि अमरेशले यो बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गरिसकेका छन् । प्रचण्डले पनि पार्टीमा योग्य र उच्च स्थान दिने प्रतिबद्धता जनाएको माओवादी केन्द्र सर्लाहीका नेताहरु बताउँछन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology