काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार भेटवार्ता भयो । आगामी निर्वाचन नजीकीदैँ गर्दा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आइरहेको दुवै नेता निकट स्रोतहरु बताउछन ।
शनिबार विप्लव प्रचण्डसँग भेटवार्ता गर्नको लागि प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसको भोलिपल्ट नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजि श्रेष्ठ प्रकाशसँग पनि विप्लवको भेट भयो
त्यसो त नेकपा अध्यक्ष प्रचण्डले पहिले नै विप्लवसँग चाँडै पार्टी एकता हुने बताएका थिए । स्रोतका अनुसार छलफलमा प्रचण्ड, विप्लव र महरा बसेका थिए । दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल रहेको स्रोतले जनाएको छ ।
चुनावसम्मनै वर्तमान सरकार गठबन्धन कायम राख्न खोजेको बताउने प्रचण्डले सकेसम्म सबै बाम घटकलाई एकै पार्टिमा समेट्ने प्रयास भएको स्रोतको दाबि छ।