काठमाडौ - भिम रावलको कडा विरोधपछि दसौं महाधिवेशन क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ।
ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्ने भनेका थिए। तर मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताए।
एमालेको दसौं महाधिवेशनका लागि रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।