काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एमाले महाधिवेशनको कारण चितवनमा अब भिड हुने भन्दै १० / १५ ठाँउमा खोपको डेस्क राख्न कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले सबै स्थानिय तहलाई खोप आवाश्यक परेमा तत्काल मन्त्रालयलाई जानाकारी गराउने र जानाकारी गराएको २४ घण्टा नबित्दै खोप उपलब्ध गराउने बताएका छन्।
मन्त्री खतिवडाको यस प्रकारको एक्शनलाई सामाजिक संजालमा सबैले मन पराएका छन् भने व्यापक प्रसंशा गरेका छन्।
फेसबुकमा राजकुमार मगर लेख्छन -
राम्राे काम यिनी स्वास्थ्य मन्त्रि भए पछि खाेप मा कमिसन खाएकाे भन्ने खबर आको छैन अनि जनताले खाेप पनि पहिलाे सरकारले भन्दा सर्बसुलभ उपलब्ध गराएकाे छ । धन्याबाद मन्त्रि ज्यु यसरिनै काम गर्दै जानू हाेला। फेरि कमिसनकाे गन्ध आयाे भने उहीँ हाे हामिले भन्ने (मुर्दाबाद)