• बिहिवार, कार्तिक २० गते २०८३

एमाले महाधिवेशन : ओली ग्याङ्गको हर्कत विरुद्ध सामाजिक संजालमा व्यापक विरोध

एमाले महाधिवेशन : ओली ग्याङ्गको हर्कत विरुद्ध सामाजिक संजालमा व्यापक विरोध

एमाले महाधिवेशन : ओली ग्याङ्गको हर्कत विरुद्ध सामाजिक संजालमा व्यापक विरोध

  • 10.7K
    SHARES

  • एमाले महाधिवेशन : ओली ग्याङ्गको हर्कत विरुद्ध सामाजिक संजालमा व्यापक विरोध

    चितवन - नेकपा एमालेकाे १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् ।

    एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ ।

    सामाजिक संजालमा नेकपा एमालेको महाधिवेशनबाट जनतालाई निकै अप्ठ्यारो परेको भन्दै व्यापक असन्तुष्टि देखिएको छ। सामाजिक संजाल फेशबुकको एक प्रयोगकर्ताले लेखेका छन् -

    हो यसै गरि भारत ले सिमाना मिचेको ठाउँमा भेला भएको भए अनि जनगणना गर्न नदिएको ठाउँमा गएर गस्ती गरेको भए केही हुन्थ्यो।तर फ्रीको मासुभात खान पाएसी नेपाली हरु जहाँ पनि पुग्छन् जे पनि गर्छन् भन्ने गतिलो उदाहरण यो पनि हो। छ्या झोले प्रसाद हरु  !

    चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology