• बिहिवार, कार्तिक २० गते २०८३

एमाले महाधिवेशन : म्याद सकिएको नारायणी पुल खचाखच, भरतपुर प्रवेश गर्न सकेनन् गाडी, जनतालाई सास्ती

एमाले महाधिवेशन : म्याद सकिएको नारायणी पुल खचाखच, भरतपुर प्रवेश गर्न सकेनन् गाडी, जनतालाई सास्ती

एमाले महाधिवेशन : म्याद सकिएको नारायणी पुल खचाखच, भरतपुर प्रवेश गर्न सकेनन् गाडी, जनतालाई सास्ती

  • 5.3K
    SHARES

  • एमाले महाधिवेशन : म्याद सकिएको नारायणी पुल खचाखच, भरतपुर प्रवेश गर्न सकेनन् गाडी, जनतालाई सास्ती

    चितवन - नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । 

    महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नारायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ ।

    महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन् । जसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

    भरतपुर प्रवेश गर्न नसकेपछि केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology