• बिहिवार, कार्तिक २० गते २०८३

सिटौला र शसांक सहित देउवाले यस्तो समिकरण बनाउने, सभापति जित्ने पक्का पक्कि

सिटौला र शसांक सहित देउवाले यस्तो समिकरण बनाउने, सभापति जित्ने पक्का पक्कि

सिटौला र शसांक सहित देउवाले यस्तो समिकरण बनाउने, सभापति जित्ने पक्का पक्कि

  • 5.0K
    SHARES

  • सिटौला र शसांक सहित देउवाले यस्तो समिकरण बनाउने, सभापति जित्ने पक्का पक्कि

    काठमाण्डौ - १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरू नेपालको सबैभन्दा पुरानो पार्टीको नेतृत्व आफ्नो हातमा लिन तछाडमछाड गर्दैछन् । 

    वर्तमान सभापति शेरबहादुर देउवा पुन: सभापतिमा निर्वाचन हुन् चाहान्छन भने उनको जस्तै इच्छा राख्ने नेता झन्डै आधा दर्जन छन्। देउवाको दाहिने हात जत्तिकै मानिने नेता विमलेन्द्र निधिले सभापतिका लागि उम्मेदवारी घोषणा गरेपछि देउवाको केही शक्ति घटेको विश्लेषण भइरहेको छ।

    विमलेन्द्र निधिले  देउवाको आग्रहलाई स्वीकार गर्दा देउवाको इच्छा पुन : सभापत बन्ने इच्छा पुरा हुन्छ। तर, निधि ब्याक नहुने अवस्थामा पुगेकाले देउवाको नजर संस्थापन इतर पक्षमा छ। 

    कलहमा फसेको छ संस्थापन इतर पक्ष

    संस्थापन इतर समूहबाट सभापतिका चार आकांक्षी छन् - वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला। 

    चारजनाको आ आफ्नै अडानमा फसिरहेको संस्थापन इतर पक्षमा देउवा आफै घुसेर सल्किरहेको आगोमा घिउ थप्ने र माहोल आफ्नो पक्षमा पार्ने कसरतमा छन्। 

    १३ औं महाधिवेशनमा तत्कालिन संस्थापन पक्षका नेता अर्जुननरसिंह केसीलाई आफ्नो पक्षमा ल्याएर महामन्त्रीको टिकट त् दिलाए तर, जिताउन सकेनन् देउवाले। यसलाई केहि काँग्रेसीहरु  महामन्त्रीमा डा. शशांक कोइरालालाई सहयोग गर्ने देउवाको चाल मान्छन। 

    हो, यस्तै आन्तरिक र बाह्य समिकरण बनाउने चाल रच्दै छन् देउवा। देउवाले शशांकलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न स्वरुप अघिल्लो शनिबार बालुवाटारमा शशांकलाई भेटेको र छलफल गरेको बालुवाटार स्रोत बताउछ। 

    थ्रड पोल पनि आफ्नै पक्षमा 

    १३औं महाधिवेशनमा सभापति लडेर तेस्रो बनेका सिटौलाले दोस्रो चरणमा देउवालाई साथ दिएका थिए। काठमाडौं लगायतका जिल्लामा अहिले देउवा–सिटौलाले संयुक्त प्यानल बनाएर अधिवेशनमा प्रतिस्पर्धा गरिरहेका छन्।

    यसले पनि १४औं महाधिवेशनमा दुई नेता एक ठाउँमा उभिने र महाधिवेशन पछि सिटौलालाई कार्यवहाक सभापति बनाउने देउबा / सिटौला सहमति हुन् सक्ने बताइन्छ । 

     

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology