• बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्डसँग यति धेरै प्रभावित रहेछन प्रधानमन्त्री देउवा, आजै भयो ठूलो खुलाशा

प्रचण्डसँग यति धेरै प्रभावित रहेछन प्रधानमन्त्री देउवा, आजै भयो ठूलो खुलाशा

प्रचण्डसँग यति धेरै प्रभावित रहेछन प्रधानमन्त्री देउवा, आजै भयो ठूलो खुलाशा

  • 6.4K
    SHARES

  • प्रचण्डसँग यति धेरै प्रभावित रहेछन प्रधानमन्त्री देउवा, आजै भयो ठूलो खुलाशा

    काठमाण्डौ - सामान्यता एक शिर्ष नेताले अर्को शिर्ष नेताको खासै खुलेर प्रसंसा गर्दैनन्। उनीहरुमा सबैभन्दा प्रभावशाली नेता आफू बन्नुपर्ने र राज्यसत्ताको नेतृत्व गर्नुपर्ने सधै चुनौती हुन्छ। जुन स्वाभाविक पनि हो। 

    तर, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले अध्यक्ष प्रचण्डको दिल खोलेर प्रशंसा गरे। 

    प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधान बनाउन पनि प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान रहेको सबैले मान्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको बताए। 

    संविधान र संसद बचाउन गठबन्धन गरेको भन्दै उनले भने, ‘ओलीजीहरुलाई पनि हाम्रो खिलापमा गठबन्धन गर्‍यो भने नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो । त्यसमानेमा यो गठबन्धन पुरा समयसम्म चल्नेछ । म त के चाहन्छु, भने अझ अगाडि जाओस् ।’ 

    प्रधानमन्त्री देउवाले प्रचण्ड एउटा बहादुर नेता हो भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘म युद्ध गरिराखेको छु । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनिदिनुभयो ।’ देउवाले सहज ढंगले भनेको, तर जबरजस्त प्रभाव परेको उनले सुनाए ।

    पछिल्लो पटक प्रधानमन्त्रीमा आलोपालो गरेको र सहमतिअनुसार आफूले देउवालाई हस्तान्तरण गरेको प्रचण्डले बताए । ‘उहाँले संसदको मञ्चबाट भन्नुभयो प्रचण्ड राजनेता नै रहेछन्,’ उनले भने, ‘सजिलै भन्नुभयो, तर ठूलो स्टेटमेन्ट भन्नुभयो ।’

     

    सामाजिकपत्र

    • आइतवार, पौष ११ २०७८०८:५५:१०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology