• बिहिवार, कार्तिक २० गते २०८३

फेरी नेकपा एमाले र माओवादी केन्द्रको एकता ? प्रचण्डले राखे यस्तो प्रस्ताव

फेरी नेकपा एमाले र माओवादी केन्द्रको एकता ? प्रचण्डले राखे यस्तो प्रस्ताव

फेरी नेकपा एमाले र माओवादी केन्द्रको एकता ? प्रचण्डले राखे यस्तो प्रस्ताव

  • 5.1K
    SHARES

  • फेरी नेकपा एमाले र माओवादी केन्द्रको एकता ? प्रचण्डले राखे यस्तो प्रस्ताव

    काठमाण्डौ - एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गरेर गल्ती नगरेको र एकता भंग भएको बारेमा दुवै पार्टीमा समीक्षा हुनुपर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

    त्यति मात्रै होइन, प्रचण्डले आफ्नो पार्टीमा नेकपा विभाजनबारे समीक्षा गर्ने र एमालेले पनि समीक्षा गरोस् भन्ने चाहना व्यक्त गरेका छन् ।

    उनले भने, ‘के कारणले त्यत्रो महान उद्देश्य र हामीले देखेको सपना भत्कायौँ । त्यसको आत्मसमीक्षा गरौं । महाधिवेशनको बन्दसत्रमा हामी त समीक्षा गर्छौ नै एमाले महासचिव शंकर पोखरेलले पनि आफ्नो पार्टीमा त्यसबारे छलफल चलाउनुहनेछ भन्ने लागेको छ । त्यसले नयाँ वातावरण बनाउँछ भन्ने लागेको छ ।’

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रको एक वर्ष यता विग्रेको सम्बन्ध माओवादी केन्द्रको महाधिवेशनको क्रममा सुधार हुने संकेत देखा परेको छ । प्रचण्ड र ओली विच संबाद सुरु भैसकेको छ। 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा माओवादी केन्द्रको महाधिवशेनमा सहभागी हुन पठाएका एमाले महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता सही भएको तर जोगाउन नसकेकोमा आफूलाई पछुतो भएको अभिव्यक्ति दिएका छन् ।

    प्रचण्डले आफ्नो सम्बोधनको क्रममा  भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो । र, मलाई सबभन्दा मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’

    राष्ट्रिय कार्यभार पूरा गर्नको लागि भविष्यमा फेरि दुई पार्टी एक हुन सक्ने सांकेतिक अभिव्यक्ति दुवै नेताले प्रस्तुत गरेका थिए ।

    सामाजिकपत्र

    • आइतवार, पौष ११ २०७८१०:१३:०९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology