काठमाण्डौ - यतिबेला नेकपा माओवादी केन्द्रको काठमाडौंमा आठौं राष्ट्रिय महाधिवेशन जारी छ। माहाधिबेशनमा माओवादी आन्दोलनको इतिहास देखि वर्तमान सम्म घनिभुत छलफल भएको वुझ्न सकिन्छ।
माओवादी केन्द्रको नेतृत्व र विभिन्न विभागले कार्यकर्ताको लागी बिभिन्न किसिमका निर्णय गरि पार्टिलाई जिवन्त र साच्चैनै कम्युनिष्ट चरित्र भएको पार्टि बनाउने प्रयत्न गरेको वताएका छन्।
नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’
कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’