• बिहिवार, कार्तिक २० गते २०८३

माओवादी महाधिवेशनमा बाबुराम भट्टराईको चर्चा

माओवादी महाधिवेशनमा बाबुराम भट्टराईको चर्चा

माओवादी महाधिवेशनमा बाबुराम भट्टराईको चर्चा

  • 5.7K
    SHARES

  • माओवादी महाधिवेशनमा बाबुराम भट्टराईको चर्चा

    काठमाडौं  - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पार्टि परित्याग गरेका पूर्व बरिष्ठ नेता डा. बाबुराम भट्टराईको चर्चा परिचर्चा भएको छ। 

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको बताएका छन् ।

    पार्टीको जारी आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डको मूल दस्तावेजमाथि १९ बुँदे सुझाव राख्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।

    ‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो,’ सुझावको १८ नम्बर बुँदामा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’

    नेता गजुरेलले अध्यक्ष प्रचण्डको सोचअनुसारको उक्त प्रयोग (बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने) कस्तो हुन्थ्यो भन्ने विषय दस्तावेजमा समावेश गर्नुपर्ने पनि बताएका छन् । ‘यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय छुवाउँदा राम्रो होला’ गजुरेलले लेखेका छन् ।

     

    सामाजिकपत्र

    • आइतवार, पौष १८ २०७८११:२३:४६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology