• बिहिवार, कार्तिक २० गते २०८३

महासचिवको विषयलाई लिएर टाउको दुख्यो प्रचण्डको, जनार्दन शर्मा कि शक्ति बस्नेत

महासचिवको विषयलाई लिएर टाउको दुख्यो प्रचण्डको, जनार्दन शर्मा कि शक्ति बस्नेत

महासचिवको विषयलाई लिएर टाउको दुख्यो प्रचण्डको, जनार्दन शर्मा कि शक्ति बस्नेत

  • 5.4K
    SHARES

  • महासचिवको विषयलाई लिएर टाउको दुख्यो प्रचण्डको, जनार्दन शर्मा कि शक्ति बस्नेत

    काठमाण्डौ - नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशनमा भर्खरै प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली वाचन गरे। 

    प्रज्ञा भवन, कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा उनले १२५ समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गर्ने भएका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् ।

    केन्द्रिय सदस्यको टुङ्गो लागेपछि अब प्रचण्डको ध्यान झन्डै आधा दर्जन माओवादी नेताको नजर रहेको पद  महासचिवमा छ  । आज दिउसो सम्म महासचिवमा अध्यक्ष प्रचण्डको च्वाइस नभएको भनिए पनि सर्वसम्मत रुपमा महासचिव टुंग्याउने प्रचण्डको पहिलो कसरत हुनेछ। 

    खासै सतहमा विवाद नदेखिएको र एक ढिक्का देखिएको माओवादी पार्टिको शक्तिशाली पदमा पूर्वमन्त्री तथा माओवादी केन्द्रको नेता वर्षमान पुन:, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति वस्नेत लगाएत अन्य नेताको पनि दाबि रहेको छ। 

    अर्का वरिष्ठ नेता नारायणकाजि श्रेष्ठको बलियो समर्थन रहेको वर्षमान पुन: 'अनन्त', सामाजिक संजालमा सर्वाधिक रुचाहिएका जनार्दन शर्मा 'प्रभाकर' र आफूसँग अत्याधिक नजिक भएका पूर्व मन्त्री  शक्तिबहादुर वस्नेत मध्यबाट एक जना छान्ने र सहमति नभएमा केन्द्रिय समितिमा चुनाव हुने वताईएको छ। 

    सामाजिकपत्र

    • आइतवार, पौष १८ २०७८०७:०५:५९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology