• बिहिवार, कार्तिक २० गते २०८३

सामाजिक संजालमा माओवादी कार्यकर्ता भन्छन् - लेखनाथ न्यौपानेलाई राष्ट्रिय सभामा लैजाउ, पदाधिकारी बनाउ

सामाजिक संजालमा माओवादी कार्यकर्ता भन्छन् - लेखनाथ न्यौपानेलाई राष्ट्रिय सभामा लैजाउ, पदाधिकारी बनाउ

सामाजिक संजालमा माओवादी कार्यकर्ता भन्छन् - लेखनाथ न्यौपानेलाई राष्ट्रिय सभामा लैजाउ, पदाधिकारी बनाउ

  • 7.3K
    SHARES

  • सामाजिक संजालमा माओवादी कार्यकर्ता भन्छन् - लेखनाथ न्यौपानेलाई राष्ट्रिय सभामा लैजाउ, पदाधिकारी बनाउ

    काठमाण्डौ - सामाजिक संजाल फेसबुकमा नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्याैपानेको लागी कार्यकर्ताहरुले मूल पार्टि संचालन गर्ने नेतृत्व तहको पद माग गरेका छन। 

    भर्खरै सम्पन्न नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदनमा  फरक मत राखेर १० बुँदे सुझाव प्रतिवेदन राखेका माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डको विकल्प पनि माओवादीमा भएको बताएका थिए  ।  

    सामाजिक सञ्जालमा गोरखाका विकास भट्टराई लेख्छन -

    जनयुद्धको राफ र तापबाट उदाएका युवा लेखनाथ न्यौपाने कम्युनिष्ट आन्दोलन बिसर्जन तर्फ अगाडि बढ्न खोज्यो भनेर प्रचण्डको प्रतिबेदनमा फरक मत दर्ज गर्ने नेता मात्र होइनन् भोलिको माओवादीको नेतृत्व हुन् , आज केन्द्रिय सदस्यमा उनको नाम आए पनि शुभकामना लेख्न भने मन लागेको छैन । भोलि हुने माओवादी केन्द्रको बैठकले उनलाई पदाधिकारीमा निर्वचित गरोस् अग्रिम शुभकामना ।

    त्यस्तै गणेश दाहाल लेख्छन - " लेखनाथ न्याैपाने जस्ताे नेताकाे हातमा नेतृत्व नगय सम्म याे पार्टी पतनकाे दिशामा अगाडी बढ्छ ।अरुकाे बाेलाई र गराईमा एकरुपता छैन । हातीकाे देखाउने दाह्रा र चपाउने बङ्गरा अलग अलग भने जस्तै हाे । "

    सामाजिक संजालमा ज्याक अर्यालले लेखनाथ न्यौपानेलाई राष्ट्रिय सभा निर्बाचनमा गण्डकी प्रदेशको दुईमध्य एक सिट सुनिश्चित गर्नैपर्छ भनेका छन्। 

    "नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा निर्बाचनमा गण्डकी प्रदेशमा आफ्नो पुरानै दुई सिटमा गठबन्धन मार्फत चुनाव लडदैछ।दुबै सिटमा जित पनि निश्चित छ। कहिल्यै आफ्नो आवाज संसदमा पुर्याउने मौका नपाएका सधै सडकबाटै आवाज बुलन्द गर्ने आदरणीय नेता लेखनाथ न्यौपानेलाई दुईमध्य एक सिट सुनिश्चित गर्नैपर्छ। अब संसदबाट बिरोधि तहलाउने बेला आयो र यसको लागी उपयुक्त पात्र लेखनाथ न्यौपाने नै हो। " ज्याक अर्याल, फेसबुक। 

    माथिका प्रतिनिधि उदाहरण मात्रै हुन्। वास्तवमा सामाजिक संजालमा लेखनाथ न्यौपानेको पक्षमा युवा माओवादीको ठूलो जमात देखिएको छ। उनीहरुलाई लागेको छ कि माओवादी रुपान्तरणको लागी लेखनाथ जस्ता सक्षम युवाहरु मूल नेतृत्वमा आउनैपर्छ।  

    सामाजिकपत्र

    • सोमवार, पौष १९ २०७८०७:४९:४३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology