• बिहिवार, कार्तिक २० गते २०८३

कहिले हट्ला एमाले नेता राईलाई लागेको बालिकाको कालो धब्बा ?

कहिले हट्ला एमाले नेता राईलाई लागेको बालिकाको कालो धब्बा ?

कहिले हट्ला एमाले नेता राईलाई लागेको बालिकाको कालो धब्बा ?

  • 6.2K
    SHARES

  • कहिले हट्ला एमाले नेता राईलाई लागेको बालिकाको कालो धब्बा ?

    नेपालका राजनीतिक दलका नेताहरु केटिको मामलामा बेला बेलामा फसिरहेको थुप्रै उदाहरणहरु छन्। पूर्व सभामुख कृष्णबहादुर महराले त् यस्तै कारणले पद नै गुमाउन पर्यो। 

    नेकपा एमालेका नेता तथा प्रदेश नम्बर एक का मूख्यमन्त्री शेरधन राईलाई आफ्नै कार्यकर्ता बालिका खड्काले लामो समयदेखि बलात्कारको आरोप लगाउदै आएकि छिन्। दाेलखाकि बालिका खड्काले केहि महिना पहिला शेरधन राई विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेेेकि थिइन्।

    उता शेरधन राई विवाह बन्धनमा बाधिएर हनिमुन मनाउदै छन्। तर, राई दम्पति हनिमुनमा रमाउदै गर्दा बालिकाले अप्रिय भाषामा राई दम्पति माथि प्रहार गरेकी छिन्। 

    उनले सामाजिक सञ्जाल फेसवुकमा राईकी श्रीमतीले कहिले आत्महत्या गर्छिन र आफु श्रीमती बन्न पाउछुु भन्दै स्ट्याटस लेखेकी हुन् ।

    उनले लेखेकी छिन्– ‘कहिले गु धने (शेधरधन राई) की स्वास्नी पासो लाग्छे र मलाई गु धनेले स्वास्नी बनाउने हो र गु धनेको इच्छा पुर्ती हुने हो। हैन भने यो के को अन्याय हो सधै भरिको।’ उनले राईकी श्रीमती जाङमु शेर्पाले आत्महत्या गर्नेसम्मको कल्पना गरेर प्रतिक्रिया जनाएकी छिन् ।

    कसरि भयो शेरधन राई र बालिकाको सम्बन्ध ?

    बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन्, जतिबेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य थिए भने बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव। राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको बालिकाले जनाएकी छिन् ।

    मुख्यमन्त्री राईसँग ‘लिभिङ टुगेदर’ गरी बसेको उनको जिकिर छ। राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौ*न दु*र्व्यवहार गर्न कोसिस गरेको आरोप बालिकाले लगाएकी छन्। उक्त घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले केहि महिना अघि अदालतमा पेश गरेको आरोपपत्रमा उल्लेख गरेकी छन्।

    राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य भएका बेलादेखि र बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव भएकाबेला बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताउछिन ।

    राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन्। त्यतिबेला राई र आफूबीच शारीरिक सम्पर्क कायम भएको उनले स्वीकारेकी छन्, तर विवाह दर्ता गर्न राईले नमानेको आरोप उनले लगाएकी छन्।

    कहिले मेटिएला शेरधन राईमाथि लागेको कालो धब्बा ?

    खड्काले यसअघि प्राय शेरधनसँग सम्वन्धित प्रतिक्रिया दिने तथा गालिवेइजती गर्ने गरेपनि यस पटक भने उनी श्रीमतीको मृत्युसम्मको कल्पना गरेर स्ट्याटस लेखेकि छन् ।

    एउटा प्रदेशको मूख्य मन्त्री भैसकेको र पार्टिको जिम्मेवार नेता शेरधन राईमाथी यति ठूलो आरोप लाग्नु सामान्य कुरा होइन। शेरधन राईले यस्तो विषयलाई सामान्य रुपमा लिई सामाधान गर्नतर्फ अग्रसर नभएमा भविष्यमा निकै ठूलो तनाव बेहोर्नुपर्ने समेत हुन् सक्छ।  

     

    सामाजिकपत्र

    • मंगलवार, पौष २० २०७८०८:०१:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology