• बिहिवार, कार्तिक २० गते २०८३

गठबन्धन सरकारको अर्को राम्रो काम - अफगानिस्तान जनतालाई गर्यो यति ठूलो सहयोग

गठबन्धन सरकारको अर्को राम्रो काम - अफगानिस्तान जनतालाई गर्यो यति ठूलो सहयोग

गठबन्धन सरकारको अर्को राम्रो काम - अफगानिस्तान जनतालाई गर्यो यति ठूलो सहयोग

  • 6.4K
    SHARES

  • गठबन्धन सरकारको अर्को राम्रो काम - अफगानिस्तान जनतालाई गर्यो यति ठूलो सहयोग

    काठमाडौं - नेपाल सरकारले अफगानिस्तानका लागि मानवीय सहायता गर्ने भएको छ। अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएपछि संयुक्त राष्ट्र संघले सहयोगको अपिल गरेको थियो। 

    परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

    नेपालको इतिहासमा पहिलोपटक हवाईजहाजमार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाउन लागेको जानकारी दिंदै मन्त्री खड्काले भने, ‘हामी ठूला प्राकृतिक तथा दैविक विपदमा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।’

    सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिए । ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि मन्त्री खड्काले बताए ।

    यस कार्यमा संयुक्त राष्ट्र संघ, महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उनले उल्लेख गरे ।

    अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

    सामाजिकपत्र

    • आइतवार, माघ २ २०७८१०:३३:३६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology