• सोमवार, श्रावण ११ गते २०८३

धुर्मुस सुन्तलीलाई अख्तियारमा मुद्दा हाल्ने अनिल अधिकारिले खोले पोल, अब क्रिकेटमा कमिडि गर्न बन्द गरौ धुर्मुस जि !

धुर्मुस सुन्तलीलाई अख्तियारमा मुद्दा हाल्ने अनिल अधिकारिले खोले पोल, अब क्रिकेटमा कमिडि गर्न बन्द गरौ धुर्मुस जि !

धुर्मुस सुन्तलीलाई अख्तियारमा मुद्दा हाल्ने अनिल अधिकारिले खोले पोल, अब क्रिकेटमा कमिडि गर्न बन्द गरौ धुर्मुस जि !

  • 6.5K
    SHARES

  • धुर्मुस सुन्तलीलाई अख्तियारमा मुद्दा हाल्ने अनिल अधिकारिले  खोले पोल,  अब  क्रिकेटमा कमिडि गर्न  बन्द गरौ धुर्मुस जि !

    चितवन - ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको  निर्माणमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने अनिल अधिकारिले धुर्मुस सुन्तलीको थप पोल खोलेका छन् ।

    हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको बताउने अनिल अधिकारि बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक हुन्। 

    आफूले धुर्मुस सुन्तली अथवा राष्ट्रका कलाकारलाई भन्दा पनि दुई अरब बजेट भएको एउटा परियोजना तथा चितवन वासिले चन्दा उठाएर २१ करोढ भन्दा बढि लगानी गरेको परियोजनामा अनियमिता भएकाले आफूले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको अनिल अधिकारि बताउछन। 

    पुष २ गते धुर्मुस सुन्तलीले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्दा धुर्मुस सुन्तलीले दिएको कार्यप्रगति विवरण ३५ प्रतिशत र महानगरपालिकाका इञ्जिनिअरहरुले दिएको कार्यप्रगति विवरण १४ प्रतिशत छ। अधिकारि भन्छन, " निर्माण कार्यमा २१ प्रतिशत फरक पर्नु भनेको कम्तिमा २० /२१ करोढको घोटाला हुनु हो। "

    सुरुवातबाट नै जग्गा लगाएतको विवाद नै विवाद मा फसेको भन्दै अधिकारीले "न क्रिकेट संघसँग समन्वय, न प्राविधिकसँग समन्वय प्रोपागाण्ड मात्रै गरेर परियोजना गर्नुभएको छ। यसको नतिजा पक्कै राम्रो हुदैन भनेर आफूले पहिल्यै नै भनेको थिए। " 

    " धुर्मुस सुन्तलीले यति सम्म गरे कि उनीहरुले यो क्युरेटर एशियामा नै पाउदैन भनेर भने जबकि भारत, पाकिस्तान, श्रीलंका जस्ता वर्ल्डकप जितेका एशियाका सुपर पावर हुँदा हुँदै प्राविधिक हरुलाई भनिदिनुभयो। त्यहाँ क्रिकेट भन्दा पनि अरु कुराहरु धेरै भयो। "

    "क्रिकेटलाई बेच्ने काम नगरौ धुर्मुस जी, तपाई चाढो भन्दा चाढो चितवन छाड्नुस। तमाम चन्दादाताहरुसँग माफि माग्नुहोस्। सबै खर्चहरु देखाउनुहोस। " किर्तिपुरको क्रिकेट मैदानमा दश करोढ पनि खर्च नभएको र अन्तराष्ट्रिय स्तरको रहेको भन्दै उनले प्रश्न गरे  " ५७ करोढ लगानी गर्दा रङ्गशाला खै त् ?"

    सामाजिकपत्र

    • मंगलवार, माघ ४ २०७८०२:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology