काठमाण्डौ - बैसाखमा स्थानिय निकायको चुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्रनै विवाद थियो। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस बैसाखमा चुनाव गर्ने पक्षमा थियो भने सरकारमा सहभागी अन्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी बैसाखमा चुनाव नगराउने पक्षमा थिए।
तर, हिजो भएको गठबन्धन बैठकमा सहभागी दलले चुनाव बैसाखमानै गराउन सहमति भएको वताएका थिए। एकाएक माओवादी केन्द्र र नेकपा एस कसरि चुनाव गराउन माने भन्ने विषयमा सबै जना चकित भए।
प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रमुख प्रतिपक्ष नेकपा एमाले तथा आफ्नै पार्टिका नेता र कार्यकर्ता तहबाट जसरि पनि समयमा चुनाव घोषणा गर्नुपर्ने दबाब छ। विशाल नेकपा टुक्रा टुक्रा भएर बनेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एसलाई आगामी चुनावको पोजिशनलाई लिएर चिन्ता हुने गरेको छ।
नेकपा एस र नेकपा माओवादी केन्द्रलाई चुनाव सम्म नै गठबन्धन कायम गर्ने रहर छ तर, कांग्रेसका आम कार्यकर्ता र नेता त्यो चाहदैनन्। यस परिस्थितिमा प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनका दुई नेता माधब कुमार नेपाल र प्रचण्डलाई गठबन्धन चुनाबमा समेत कायम राख्ने बचन दिएको बुझिएको छ।
प्रधानमन्त्री निकट स्रोतको अनुसार प्रचण्ड र माधब कुमार नेपाल बिना गठबन्धन तत्काल चुनाव गराउन तयार नभएपछि प्रधानमन्त्रीले चुनाव सम्मनै गठबन्धन कायम गर्ने आश्वासन दिएका हुन्।
प्रचण्डले लिखित सहमतिनै गरौ भनेपछि अप्ठ्यारोमा परेका शेर बहादुर देउवाले कार्यकर्ता कन्भिन्स गराउन समय लाग्छ अहिले यसो नगरौ भनी टारेका थिए।