काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई पहिल्यै देखि लाग्ने गरेको आरोप हो - आफ्नो पार्टीमा प्रतिपक्षको बुमिका निर्वाह गर्नु। कतिपयले गगनको यसकिसिमको चाललाई आफ्नो र अन्य पार्टिमा समेत लोकप्रिय हुने फण्डाको रुपमा हेर्छन।
गगनका शुभ चिन्तकहरु उनलाई शाहासि र पार्टि नेतृत्वसँग नझुक्ने किसिमको नेता भनेर भन्छन। समयक्रममा गगन चर्चित मात्रै भएनन् आफ्नो पार्टिमा निकै शक्तिशाली नेतृत्वको रुपमा देखा परे। नेपाली काँग्रेसमा निकै शक्तिशाली पद बहाली गर्दा समेत गगनमा पार्टिलाई आलोचना गर्ने रोगले भने छोडेन।
आफ्नै पार्टीका सभापति प्रधानमन्त्री रहेको सरकारलाई सहयोग गर्नुको साटो उनि आलोचना गर्ननै व्यस्त छन्। उनि आफू कति कमजोर राजनीति गर्छन भन्ने कुरा त महामन्त्रीको हैसियतमा लिपुलेक प्रकरणमा उनले निकालेको विगेप्ति हेरे पुग्छ। गगनको यस किसिमको चाललाई प्रधानमन्त्री देउवालाई दबाबमा राख्दै पपुलिस्ट हुने योजना भन्न सकिन्छ।
पछिल्लो समय गगन गठबन्धन सरकारको स्थानीय निकायको चुनाव घोषणा गर्न नसकेकोमा देउवासँग फायर छन्। उनले स्थानीय तहको निर्वाचन वैशाखमा नगरेको खण्डमा कांग्रेसलाई ठूलो धक्का लाग्ने भन्दै हिडेका छन् । उनले स्थानीय चुनाव सार्ने कुरा आफूहरूलाई अमान्य हुने समेत बताएका छन् ।
गगन थापाले सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएको भन्दै यसले संविधानमा समेत प्रत्यक्ष असर पार्ने बताएका छन् । महामन्त्री थापाले संविधानले परिकल्पना नगरेको कुरा कांग्रेसलाई मान्य नहुने बताएका छन्।
थापाले स्थानीय तहको बारेमा संविधानमा स्पष्ट व्याख्या गरिएको भन्दै स्थानीय तहको रिक्तता हुने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् । आजको दिनमा कानुनमा कुनै छिद्र देखाएर यसबाट निर्वाचन गर्ने भनेको पार्टी र राष्ट्रलाई लाई ठुलो धक्का पुग्नु भएको उनको भनाई छ ।
थापाले सत्तारुढ गठबन्धनमा वैशाखको स्थानीय तहको चुनाव सार्ने कुरा बाहिर सुनिरहेको भन्दै संविधान र कानुनले देखाएको बाटोभन्दा फरक निर्णय किन गर्ने भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्ने बताए । महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताए ।