• सोमवार, श्रावण ११ गते २०८३

दिनेश डीसीको टेलिभिजन यात्रा : कान्तिपुर देखि एनएनटीभी सम्म

दिनेश डीसीको टेलिभिजन यात्रा : कान्तिपुर देखि एनएनटीभी सम्म

दिनेश डीसीको टेलिभिजन यात्रा : कान्तिपुर देखि एनएनटीभी सम्म

  • 5.1K
    SHARES

  • दिनेश डीसीको टेलिभिजन यात्रा :  कान्तिपुर देखि एनएनटीभी सम्म

    काठमाडौं । विगत चार वर्षदेखि कान्तिपुर मिडिया ग्रुपमा आवद्द दिनेश डिसी अब नयॉ टेलिभिजनमा आवद्द भएका छन् ।

    वसन्त पञ्चमीको शुभ दिन पारेर डिसीलाई डीएआर ग्रुपले सञ्चालन गर्ने टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन’ (एनएनटीभी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । पछिल्लो समय कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेशन प्रमुखको जिम्मेवारी सम्हालेका डिसी अब नेपाल नेटवर्क टेलिभिजनमा सीईओको रूपमा काम गर्ने भएका छन् ।

    कम्पनीका संरक्षक गोविन्दराम दाहाल र डिसीबीच आजै औपचारिक हस्ताक्षर समेत सम्पन्न भएको छ । आफ्नो तीन दशक लामो अनुभवलाई अब नयाँ प्रबिधिमार्फत अझै दर्शकहरु माझ पुर्याउने ठूलो चुनौती तथा अथाह अवसरको रुपमा लिएको डिसीले बताए ।

    तीन दशकदेखि मिडियामा सक्रिय डिसी टेलिभिजन, रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व मानिन्छन् । यसअघि नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष समेत भएका डिसी चलचित्र विकास बोर्ड अध्यक्षको रूपमा चर्चा चलेको बेला कान्तिपुर टीभीमा प्रवेश गरेका थिए भने केही समयअगाडि नेपाल टेलिभिजनको अध्यक्षको रूपमा समेत चर्चा चलेको थियो ।

    आगामी नयाँ वर्षको सुरुवातसँगै टेलिभिजनको प्रशारण शुरू हुने सञ्चालक समिति सदस्य श्याम धितालले जानकारी दिए । शुभारम्भसँगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फूल भ्वाइससँगै अन्य कार्यक्रमहरुको प्रशारण हुने धितालले जानकारी दिएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology