• सोमवार, श्रावण ११ गते २०८३

पुरुषले खाने गर्भनिरोधक चक्की बन्यो

पुरुषले खाने गर्भनिरोधक चक्की बन्यो

पुरुषले खाने गर्भनिरोधक चक्की बन्यो

  • 4.4K
    SHARES

  • पुरुषले खाने गर्भनिरोधक चक्की बन्यो

    काठमाडौं। वैज्ञानिकहरुले पुरुषहरुको लागि गर्भनिरोधक खाने चक्की बनाएका छन् । यो चक्की ९९ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । यो औषधिको परीक्षण मुसामा गरिसकिएको छ र यो औषधिबाट कुनै साइड इफेक्ट देखिएको छैन ।

    वैज्ञानिकहरुले यो गैर हर्मोनल औषधिको नाम वाइसीटी ५२९ राखेका छन् । यो औषधि करिब ४ हप्तासम्म मुसालाई दिइयो जतिबेला मुसाको गर्भाधान रोकियो । ४ हप्तापछि यो चक्की दिन बन्द गरेपछि पुनः मुसाहरुले बच्चा जन्माए ।

    मुसामा शोध गरिसकेपछि अब मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकहरुले यो गर्भनिरोधकको मानिसमा परीक्षण गर्दैछन् । यो औषधिबाट पुरुषको शरीरमा एक खास किसिमको प्रोटिनलाई रोकिन्छ जसबाट शुक्रणुहरुलाई रोक्न सकिन्छ । यो शोधको नेतृत्व गर्ने प्रोफेसर गुंडा जर्जका अनुसार यो नन हर्मोनल ड्रग पुरुषहरुको लागि निकै प्रभावकारी छ । १९५० देखि नै वैज्ञानिकहरु पुरुषहरुको लागि चक्की ।

    पुरुषहरुको लागि वाइसीटी ५२९ गर्भनिरोधक चक्की बनाउने टिमका सहयोगी अब्दुल्ला अल नोमानका अनुसार साइड इफेक्टहरुलाई कम गर्नको लागि नन हर्मोनल चक्की बनाइएको हो ।

    यो औषधिले पुरुष शरीरमा रेटिनोइक एसिड रिफ्लेक्टर अल्फालाई लक्ष्य बनाउँछ । यो एक प्रोटिन हो जसले शुक्राणु निर्माण सहित कोशिकाहरुको विकासमा अहम भूमिका निभाउँछ ।

    सामाजिकपत्र

    • सोमवार, चैत्र १४ २०७८०९:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology