• शुक्रवार, कार्तिक २१ गते २०८३

ओलीको खतरानाक मास्टर प्लान खोल्दिए माधवले, ओली परे तनावमा !

ओलीको खतरानाक मास्टर प्लान खोल्दिए माधवले, ओली परे तनावमा !

ओलीको खतरानाक मास्टर प्लान खोल्दिए माधवले, ओली परे तनावमा !

  • 3.6K
    SHARES

  • ओलीको खतरानाक मास्टर प्लान खोल्दिए माधवले, ओली परे तनावमा !

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको गम्भीर खुलासा गरेका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको गम्भीर आरोप लगाएका हुन् ।

    उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए । उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताए । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए ।

    अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरु त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए ।

    एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए । अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए ।

    तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सुध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उनले बताए । उनले पार्टीका युवाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:३७:५४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology