• बिहिवार, कार्तिक २० गते २०८३

करिश्माले आफ्नो न्वारानको नाम बताउँदा सामाजिक संजालमा मच्चियो खैलाबैला आखिर किन त ?

करिश्माले आफ्नो न्वारानको नाम बताउँदा सामाजिक संजालमा मच्चियो खैलाबैला आखिर किन त ?

करिश्माले आफ्नो न्वारानको नाम बताउँदा सामाजिक संजालमा मच्चियो खैलाबैला आखिर किन त ?

  • 3.7K
    SHARES

  • करिश्माले आफ्नो न्वारानको नाम बताउँदा सामाजिक संजालमा मच्चियो खैलाबैला आखिर किन त ?

    काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर पहिलोपटक नेकपा एमालेको विशाल चुनावीसभामा सहभागी भएर सम्बोधन गरेकी छन् । गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्माले आज पहिलोपटक पार्टीको आमसभामा भाषण गरेकी हुन् । कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिएकी थिइन् ।

    भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरिन् । उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन् । आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन् ।

    ‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सानुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

    विगतमा जहाँ–जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् ।‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उनले भनिन् ।

    छोटो भाषणको अन्त्यमा उनले एउटा नयाँ खुलासा पनि गरिन् ।‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’

    करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी गरेकी थिइन् ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:४४:५९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology