• सोमवार, श्रावण ११ गते २०८३

भवन केसीले गरे यस्तो निर्णय, के अब पुनः सक्रिय राजनीतिमा आउलान् त केसी ?

भवन केसीले गरे यस्तो निर्णय, के अब पुनः सक्रिय राजनीतिमा आउलान् त केसी ?

भवन केसीले गरे यस्तो निर्णय, के अब पुनः सक्रिय राजनीतिमा आउलान् त केसी ?

  • 7.1K
    SHARES

  • भवन केसीले गरे यस्तो निर्णय, के अब पुनः सक्रिय राजनीतिमा आउलान् त केसी ?

    २०७० सालको संविधानसभा निर्वाचनपछि नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो । सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । पार्टीभित्र उनलाई टिकट दिएको विषयमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै उनको टिकट खोसेर विद्या न्यौपानेलाई टिकट दिएको थियो ।

    त्यसयता एमालेमा खासै सक्रिय नभएका केसी चुनावको मुखमा फेरि राजनीतिमा सक्रिय हुन लागेका छन् । हालसम्म एमाले परित्याग नगरेको भएपनि उनी अन्य दलसँग समेत छलफलमा रहेको खुलेको छ । केसीले रातोपाटीसँगको कुराकानीमा पनि राजनीतिमा सक्रिय हुन चाहेको खुलाए । तर, कुन पार्टीमा सक्रिय हुने भन्नेबारे चाहिँ अहिले नै निर्णय लिइ नसकेको जिकिर गरे । राप्रपाका नेताहरुले केसीलाई राप्रपामा प्रवेश गराउनका लागि छलफलहरु भइरहेका छन् । तर, छलफल सकारात्मक ढंगले अघि बढिरहेको पनि नेताहरुको जिकिर छ ।

    स्वयम् केसीले चाहिँ अहिलेसम्म ठोस निर्णय भइनसकेको बताए । ‘राजनीतिक दलहरूसँग भेटघाट हुन्छ, पार्टीमा आउन भनेपछि स्वभाविक रुपमा कुराकानी हुन्छ । पार्टी प्रवेश गरेँ भने म औपचारिक रुपमै प्रेस मिट गर्छु । अहिले नै यो कुरा भएको होइन’, केसीले रातोपाटीसँग भने ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०९:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology