चितवन- चितवनको विकासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म रोक्न खोजेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आरोप लगाएकी छिन् । भरतपुरको विकासका लागि फेरि एकचोटि माओवादीलाई जिताउनुपर्ने दाहालको भनाइ छ ।
त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास गरिदिने र पेन्डिङमा राखिदिनुभयो ।
मेयर दाहालले भनिन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने । क्यान्सर अस्पतालको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि ओलीले क्याबिनेटबाट पास नगरी पेन्डिङमा राखिदिनुभयो ।’