• बिहिवार, कार्तिक २० गते २०८३

विवेकशील साझा पार्टीमा पर्‍यो तनाव, दुई धार बीच पर्‍यो लफडा

विवेकशील साझा पार्टीमा पर्‍यो तनाव, दुई धार बीच पर्‍यो लफडा

विवेकशील साझा पार्टीमा पर्‍यो तनाव, दुई धार बीच पर्‍यो लफडा

  • 3.9K
    SHARES

  • विवेकशील साझा पार्टीमा पर्‍यो तनाव, दुई धार बीच पर्‍यो लफडा

    काठमाडौं। विवेकशील साझा पार्टीको कार्यालयमा तनाव भएको छ। पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो। पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएको हुन्।

    अध्यक्ष रवीन्द्र मिश्रसँग असन्तुष्ट पक्षले बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोज्दा तनाव र नाराबाजीको अवस्था आएको हो। पत्रकार सम्मेलन गर्न पुगेको असन्तुष्ट पक्षले आफूहरुलाई रोकिएको भन्दै नाराबाजीसमेत गरेका छन्।

    असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणबारे सार्वजनिक जानकारी दिन त्यस समूहले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको थियो। तर उनीहरुलाई रोक्ने गरी मिश्र पक्षले यसअघि नै तयारी गरेको थियो। कर्मचारी मात्रैलाई पस्न दिने गरी मिश्र पक्षले सूचना नै निकालेर कार्यालय बन्द गरिदिएको थियो।

    उक्त सूचनामा अनधिकृत व्यक्तिहरु पार्टी कार्यालयमा छिरेर गतिविधि गर्न खोजेपछि रोक्न सूचना निकालिएको भनिएको छ। मिश्र पक्षले अर्को सूचना जारी नहुन्जेल कार्यालय नखोलिने पनि जनाएको छ। मिश्र पक्षले कार्यालय बन्द गरेर पस्न नदिएपछि असन्तुष्ट पक्ष आन्दोलित भएको हो। उक्त पक्षले कार्यालय परिसरमा नाराबाजी पनि गर्यो। अहिले त्यहाँ प्रहरी खटाएर सुरक्षा दिइएको छ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०४:२१:३५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology