• बिहिवार, कार्तिक २० गते २०८३

विवेकशील साझा नै उत्रियो रविन्द्र मिश्रको विरोधमा, अवस्था पुग्यो प्रहरी परिचालनसम्म

विवेकशील साझा नै उत्रियो रविन्द्र मिश्रको विरोधमा, अवस्था पुग्यो प्रहरी परिचालनसम्म

विवेकशील साझा नै उत्रियो रविन्द्र मिश्रको विरोधमा, अवस्था पुग्यो प्रहरी परिचालनसम्म

  • 3.6K
    SHARES

  • विवेकशील साझा नै उत्रियो रविन्द्र मिश्रको विरोधमा, अवस्था पुग्यो प्रहरी परिचालनसम्म

    काठमाडौ । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा बबाल भएको छ । बबाल पछि प्रहरी परिचालन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रविरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न खोजेपछि तनाव उत्पन्न भएको थियो । त्यसपछि केहीले नारावाजी समेत गर्न खोजेपछि स्थिती विग्रिएकोछ ।

    पत्रकार सम्मेलन गर्न पार्टी कार्यालयमा पुगेका आफूहरूलाई रोकेको भन्दै असन्तुष्ट पक्षका नेता–कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए । दुवै पक्षबीच झ ड पको स्थिति सिर्जना हुन सक्ने आंकलन गर्दै प्रहरी परिचालन गरिएको हो ।

    यसअघि सोमबार विरोध पक्षले मिलन पाण्डे समूहले बैठक राखेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणबारे सार्वजनिक जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आज ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

    अध्यक्ष मिश्र पक्षको सो पत्रकार सम्मेलन रोक्न खोजेको थियो । यसका लागि कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारीसमेत गरेको छ । त्यसबाट आक्रोशित भएका नेता कार्यकर्ताले कार्यालयमा हो(हल्ला तथा नाराबाजीमा उत्रिँदै मिश्रको विरोध गरेका थिए ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०४:४९:०८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology