• बिहिवार, कार्तिक २० गते २०८३

रामकुमारी झाँक्रीको उदारपन देखेर रामचन्द्र पौडेल परे लम्पसार

रामकुमारी झाँक्रीको उदारपन देखेर रामचन्द्र पौडेल परे लम्पसार

रामकुमारी झाँक्रीको उदारपन देखेर रामचन्द्र पौडेल परे लम्पसार

  • 3.8K
    SHARES

  • रामकुमारी झाँक्रीको उदारपन देखेर रामचन्द्र पौडेल परे लम्पसार

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    सबैलाई पाँच मिनेटको समय तोकिएको भए पनि पौडेलले भने आफ्ना महत्वपूर्ण धारणा रहेको भन्दै १५ मिनेट समय लिएका थिए । उनले तनहुँमा आफूले पूल उद्घाटन गर्ने क्रममा तत्कालीन एमाले सांसद किसान श्रेष्ठको समूहले आक्रमण गरेपछि नेतृ रामकुमारी झाँक्रीले विरोध जनाएपछि गठबन्धनको भ्रुण रोपिएको बताए ।

    “गठबन्धन सुत्रपात देउवाजीले गरेको होइन हामीले गरेको हो । तत्कालीन इतर समूहका हामीले गरेका हौँ,” उनले भने,“तनहुँमा मलाई पूल उद्घाटन गर्ने क्रममा आक्रमण गर्दा रामकुमारी झाँक्रीले आपत्ति प्रकट गरिन् । त्यो स्वागतयोग्य काम थियो ।”

    नेता पौडेलले नेकपा एमाले लाई बलियो बनाउन नहुने धारणा राखे । उनले नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीलाई केही मत हालेर साइजमा राख्नुपर्ने र यसले ओलीको शक्ति कमजोर हुने दाबी गरे ।

    “कम्युनिष्टसँग मिल्ने नहुने कुरा पञ्चायतमा दरवार र विदेशीको हुन्थ्यो । अहिले पनि कता कता यो खालको कुरा छ,” उनले भने,“ओलीलाई साइजमा राख्न भए पनि गठबन्धन गर्न आवश्यक छ।”

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०६:५१:४३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology