• सोमवार, श्रावण ११ गते २०८३

गाउँमा सिटामोल नपाएर बिरामी छट्पटीए तर ठडियो ६७ लाखको भ्यू टावर

गाउँमा सिटामोल नपाएर बिरामी छट्पटीए तर ठडियो ६७ लाखको भ्यू टावर

गाउँमा सिटामोल नपाएर बिरामी छट्पटीए तर ठडियो ६७ लाखको भ्यू टावर

  • 4.8K
    SHARES

  • गाउँमा सिटामोल नपाएर बिरामी छट्पटीए तर ठडियो ६७ लाखको भ्यू टावर

    पूर्वी नवलपरासी — भ्यु टावरसम्म पुग्ने पक्की सडक छैन । मान्छे पुग्नै सकस हुने स्थानमा भ्यु टावर निर्माण गरियो तर ६ महिनासम्म पनि संचालनमा आउन सकेको छैन । सदरमुकाम कावासाती नगरपालिकाको बालुवाडाँडामा ६७ लाखको लागतमा भ्यु टावर निमार्ण गरिएको थियो ।

    वडा नं १ का अध्यक्ष नारायण पन्त भन्छन् 'कसले कसरी संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण सर्वसाधारणका लागि खुला गरिएको छैन । टावर कसले संचालन गर्ने भन्ने कार्यविधि नबनेका कारण संचालन हुन नसकेको हो । त्यहाँ पुग्ने पक्की सडक नभएका कारण आउजाउ गर्न समस्या छ ।' टावर भएको १ नम्बर वडा सुकुम्वासीहरुको बाहुल्यता रहेको वडा पनि हो । कावासोतीको हात्तीखोरबाट भ्यु टावरसम्म पुग्ने बाटो कच्ची नै छ । अहिले सडक धुलाम्य र धेरै खाल्डाखुल्डी छन् । वर्षातमा हिलोका कारण जानै मुस्किल छ ।

    वडाध्यक्ष पन्त भन्छन्, ' नगरपालिकाले डाँडामा भ्यु टावर ठड्याएको छ । एम्बुलेन्स खरिद गरौं, सुत्केरी हुने अस्पताल बनाऔं भन्दा मानेनन् । भ्यु टावर बनाउँदा कमिसन आउने होला । डाँडाको टुप्पामा किन चाहिएको हो यो टावर मैले बुझेको छैन । मैले त एम्बुलेन्स खरिद गरौं भन्ने प्रस्ताव गरेको थिएँ मानेनन् । कमिसन आउने भएकाले टावर ठड्याए र हिँडे । अहिले टावर हेर्न कोही आउँदैन ।'

    करिब ६० फिट अग्लो भ्यू टावरमा एकैपटक २० जना चढ्न सकिन्छ । कावासोती नगरपालिकाको उत्तरी क्षेत्र १ नम्बर वडाको बालुवा डाँडामा भ्यु टावर निर्माण गरिएको हो । कावासोतीका बासिन्दा हरी बस्नेत भन्छन्, 'टावर नहुँदा पनि धेरै दृश्य छर्लंग देखिन्थ्यो ।

    डाँडाका धेरै पाटाबाट अधिकांश स्थान देखिने ठाउँमा टावर ठड्याइएको छ । भ्यु टावर भएको वडा नम्बर १ मा आधारभुत सेवा सुविधा र भरपर्दो स्वाथ्यकेन्द्र पनि छैन । तर टावर बनाइयो ।'

    भ्यु टावरभन्दा पनि पहिला त्यहाँ स्वास्थ्यकेन्द्र भवनको आवश्यकता रहेको स्थानीयहरू बताउँछन् । यसबारे धेरैले पटकपटक कुरा पनि उठाएको बताउँछन् वडाध्यक्ष पन्त। तर कावासोती नगरपालिकाले टावर बनाउँदा स्थानीयहरूलाई यसले कुनै फाइदा नहुने स्थानीयहरूको भनाइ छ ।

     

    सामाजिकपत्र

    • बुधवार, चैत्र १६ २०७८०६:२२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology