काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई गधा भन्दै तल्लो स्तरको अभिव्यक्ति दिएका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जंगलको गधाको कथा सुनाउदै धुमाउरो पारामा गठबन्धनलाई गधाको संज्ञा दिएका हुन् ।
‘जंगलमा एउटा कुरामा सबैैजना हाँसे तर गधा निन्याउरो भएर बस्यो । भोलिपल्ट गधा एक्लै पेट मिचि मिचि हाँस्न थाल्यो । अन्य जनावरले यो किन हास्यो भनेर बुझ्दा त गधाले हिजोको कुरा आज बल्ल बुझेर हाँसेको रैछ ।’ उनले भने– ‘यो सरकार, यो गठबन्धन पनि त्यस्तै हो ।’
कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताए । उनले सरकार ढाल्न आफुहरुले कोसिस नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।