जर्मन च्याम्पियन बायर्न म्युनिखले उत्कृष्ट प्रदर्शनका साथ बार्सिलोनालाई ८-२ ले हराउदै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बायर्नका लाग थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे भने जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १-१ गोल थपे सफल भए । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाले आत्मघाती गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै बायर्नले अग्रता लियो । तर बायर्नको उक्त अग्रता ३ मिनेट पानी टिक्न सकेन । छैटौं मिनेटमा जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा डेविड अलाबाको क्लियरेन्स आफ्नै पोस्टमा छिर्न पुग्यो ।

खेलको आठौं मिनेटमा लुइस सुआरेजले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई म्यानुएल नोएरले विफल पारे । खेलको २० औं मिनेटमा लिओनेल मेस्सीको प्रहार गोलरक्षक नोएरले सहजै बचाए ।

५७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत गरे । ६३ औं मिनेटमा बायर्नले गोल गर्दै पुन: ३ गोलको अग्रता कायम गर्यो ।

८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६- २ ले अगाडी बढाए । ८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७-२ बनाए । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे ।

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।