• आइतवार, आश्विन ४ गते २०८३

मन्त्रि आलेलाइ नटेरेको बतास समूह माथि पशुपतिकोषको झापड

मन्त्रि आलेलाइ नटेरेको बतास समूह माथि पशुपतिकोषको झापड

मन्त्रि आलेलाइ नटेरेको बतास समूह माथि पशुपतिकोषको झापड

  • 3.0K
    SHARES

  • मन्त्रि आलेलाइ नटेरेको बतास समूह माथि पशुपतिकोषको झापड

    काठमाडौं:-पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशालामा ताला लगाएको छ।

    बतास समूहले छोड्न नमानेपछि कोषले शुक्रबार गएर धर्मशालामा ताला लगाएको हो। धर्मशालाका दुई वटा मुख्य गेटमा ताला लगाइएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए।

    ‘सदस्यसचिव, कार्यकारी निर्देशकसहितका पदाधिकारी गएर धर्मशाला छोड्न अनुरोध गरे पनि बतास समूहले अटेर गरेपछि ताला लगाइएको हो। 
    कोषले ताला लगाउँदा बतास समूहका कर्मचारी धर्मशालाभित्रै थिए।

    ‘उनीहरूलाई बाहिर-भित्र गर्ने ढोकाहरू खुल्लै छन्, धर्मशालाका सामान हराउन सक्छन्, तिनलाई सुरक्षित राख्नका लागि मूल गेटमा ताला लगाइएको हो,’ सुवेदीले भने।

    धर्मशालामा बतास समूहका कसैलाई पनि थुनेको कुरा सत्य नभएको उनले बताए। उनीहरू सहजै रूपमा ढोकाबाट भित्र-बाहिर गर्न सक्ने उनले बताए।
    चैत १४ गते बतास समूहसँगको सम्झौता भंग गर्दै कोषले धर्मशाला छोड्न भन्दै आएको थियो।

    ‘लामो समयसम्म छोड्न मान्नुभएको छैन,’ सुवेदीले भने।

    २०७६ सालदेखि पशुपति धर्मशाला बतास समूहले सञ्चालन गर्दै आएको थियो। सम्झौताविपरीत भाडा उठाएको आरोप लागेपछि बतास समूहमाथि कोषले कारबाही अगाडि बढाएको थियो।
    बतास समूहलाई कोषले कारबाही अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै अदालतमा मुद्दा हाले पनि अन्तरिम आदेश दिन मानेको छैन।

    ‘बतास समूहले मुद्दा हाले पनि हामीलाई कानुनी रूपमा धर्मशाला खाली गराउन कुनै बाधा छैन,’ सुवेदीले भने, ‘कानुन व्यवसायीसँग परामर्श गरेरै प्रक्रिया थालेका हौं। अदालतको अवहेलना हुने गरी काम गर्नुहुन्न भन्ने हामीलाई हेक्का छ।’ 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology