• आइतवार, आश्विन ४ गते २०८३

जीवन रक्षालाई महत्त्व दिएर तीज मनाउनु : प्रधानमन्त्री

जीवन रक्षालाई महत्त्व दिएर तीज मनाउनु : प्रधानमन्त्री

जीवन रक्षालाई महत्त्व दिएर तीज मनाउनु : प्रधानमन्त्री

  • 5.1K
    SHARES

  • जीवन रक्षालाई महत्त्व दिएर तीज मनाउनु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन रक्षालाई महत्व दिएर तीज मनाउन आग्रह गरेका छन्।

    यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका हुन्।

    प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था अहिले नरहेको पनि ट्विटमार्फत उल्लेख गरेका छन्।

    ‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘तीजको हार्दिक शुभकामना !’

    कोरोनाबाट बचेर तीज मनाउन उनले सबैमा आग्रह गरेका छन्।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र ५ २०७७१०:०७:२३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology